ढोरपाटन बाढी पीडितलाई लायन्स पोखरा डाउन टाउनको आर्थिक सहयोग

पोखरा,३० भदौ । लायन्स क्लब अफ पोखरा डाउन टाउनले बागलुङको ढोरपाटन नगरपालिका ६,७,र ८ वडा मा गएको बाढी पहिरोमा पीडित भएकाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

क्लबका अध्यक्ष रेशम बहादुर केसी र सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुुख अतिथि राम बहादुर बस्यालले पीडितका प्रनिनिधि धमबहादुर बुढामगरलाई रु ५६ हजार हस्तान्तरण गरेका हुन् ।

इन्द्रेणी एकीकृत बिकास केन्द्रको सभाहलमा भएको कार्यक्रम मा विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाका कारण सामाजिकदूरी कायम गरी सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षद्धय भानुभक्त अधिकारी ,हरि प्रसाद पराजुली ,रहमोहन सुवेदी लगाएतले देशमा हुने जुनसुकै किसिमको प्राकृतिक प्रकोपमा पनि लायन्सका सदस्यहरु सहयोगका लागि अग्रमोर्चामा खटिनुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि बस्यालले प्राकृतिक विपत्तिमाका बेलामा डिष्ट्रीकले छुट्टै कोष खडा गरी सहयोग गर्दै आईरहेको बताए । पीडितको तर्फबाट डाउनले गरेको सहयोग आफूहरुका लागि ठूलो सहयोग भएको भनाई राखे ।

क्लबका अध्यक्ष रेशम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अशोक श्रेष्ठले गरेका थिए ।

Comments
Loading...