पोखरामा दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

पोखरा,३० भदौ । पोखरामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दश वर्षीया बालिकाको घरमा कोही नभएको अवस्थामा करणीको आशय राखी यौन दुव्र्यवहार गरेको जाहेरीको आधारमा पोखरा महानगरपालिका–७ प्रगतिटोल बस्ने ५२ वर्षीया कोटिका बहादुर दमैलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

आरोपित दमैले बालिकाको घरमा कोही नभएको अवस्थामा यौन दुव्र्यवहार गरेका थिए ।जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

उनी विरुद्ध बाल यौन दुर्व्यवहार कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रनाउन हमालले जानकारी दिए ।

 

Comments
Loading...