सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प

पोखरा,३१ भदौ । सिन्धुपाल्चोक केन्द्र विन्दु भएर आज विहान ६ रेक्टरको भुकम्प गएको छ ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विहान ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो ।

अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको जनाइएको छ ।

Comments
Loading...