पोखरामा एक पत्रकार र दुई प्रहरीलाई कोरोना पुष्टि

पोखरा,३१ भदौ । पोखरामा क्रियाशिल एक पत्रकारलाई कोरोना पुष्टि भएको छ ।

स्याङ्जा पुतलीबजार–१३ घर भई हाल पोखरा–४ गैहपाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सोमबार नमूना दिएका उनको आज विहान नतिजा पोजिटिभ आएको होे । उनमा कोरोनाका सामान्य लक्षण देखिएको छ । अहिले उनी होम आइसोलेशनमा छन् ।

त्यसैगरी पोखरा–६ जना पर्यटक प्रहरी समेत संक्रमित भएका छन् । त्यसैगरी तनहुँ र नवलपरासीमा एक÷एक जना थपिएका छन् ।

Comments
Loading...