सिन्धुपाल्चोक भुकम्पबाट बाग्लुङ,पर्वत र लमजुङमा एक÷एक घरमा क्षति

पोखरा,३१ भदौ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज विहान गएको छ रिक्टरको परकम्पले बाग्लुङ, पर्वत र लमजुङमा एक घरमा क्षति पुगेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्र्यालय पोखराले दिएको जानकारी अनुसार बागलुङ नगरपालिका–६ भिरलाकुरी बस्ने ६९ वर्षीय दुर्गा बहादुर सुबेदीको ढुङगा माटोले बनेको दुई तले टिनको छानो भएको कच्ची घर परकम्पनका कारणले पूर्ण क्षति क्षती भएको छ ।

घटनामा मानविय तथा पशुचौपाय क्षती नभएको तथा घर पूर्ण रुपमा बस्न नमिल्ने गरी क्षती भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

लमजुङको बेशिसहर नगरपालिका–११ तिवारीडाँडाका ४५ वर्षीया अम्विका तिवारीको ढुङ्गामाटोले बनेको दुई तले घर समेत भत्किएको छ ।

त्यसैगरी पर्वतको कुष्मा नगरपालिका–१ पाङ बस्ने नारयण सुबेदीको ईटा र माटोले बनेको कच्ची घरको पछाडिको भित्ता छानो सहित भत्किन गई रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Comments
Loading...