निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनमा जुट्यो युनियन संघ कास्की

पोखरा,३१ भदौ । सरकारले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी असोज २४ गते तय गरेपछि नेपाल निजामति कर्मचारी युनियन संघ कास्की निर्वाचन तयारीमा जुटेको छ ।

युनियन संघ जिल्ला कार्य समितिका अध्यक्ष डार्विन लम्सालको अध्यक्षतामा आज बसेको बैठकले आसन्न निर्वाचन तयारी शुरु गरेको हो ।
संघले निर्वाचन तयारीका लागि विभिन्न समितिहरु वनाएर निर्वाचनमा जुटेको जनाएको छ ।

संघका अध्यक्ष डार्विन लम्सालको संयोजकत्वमा १०१ सदस्सीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ । त्यसैगरी सुरेशकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । प्रचार समितिको सदस्यहरुमा लक्ष्मीभद्र वाग्ले, दधिकला भुषाल सन्जु, श्रीराम पौडेल,राजन तिमिल्सिना,गोमा कुमारी श्रेष्ठ र चिरन्जिवि सापकोटा छन् ।

त्यसैगरी आर्थिक समिति संयोजकमा चेतराज आचार्य तथा सदस्यहरुमा चित्रा ढकाल, दिनेश सुवेदी,शंकर थापा,सीता ढुङ्गगाना,श्रीराम पौडेल र नवराज सिग्देल छन् । समन्वय समिति संयोजकमा महेश कुमार सिग्देल तथा सदस्यहरुमा लक्ष्मीभद्र वाग्ले,रामजी प्रसाद कोईराला,आत्माराम पौडेल,तुल्सी बराल,किरण तिवारी,गुरु बास्तोला,लिला पगेनी,निलकण्ठ कोईराला र कृष्ण प्रसाद जम्मरकट्टेल छन् ।

अन्तर कार्यालय समन्वय समिति संयोजकमा विश्वराज आचार्य तथा सदस्यहरुमा विसन थापा,वद्री पौडेल,सूर्य तिवारी,मुक्ति गिरी,निर्मल वराल, गुरु प्रसाद अर्याल र गंगा थापा छन् ।

कर्मचारी युनियन संघ योजनाबद्ध हिसावले निर्वाचनमा होमिएको र प्रचारप्रसारका गतिविधिहरु शुरु गरिने प्रचार प्रसार संयोजक श्रेष्ठले जानकारी दिए ।

Comments
Loading...