आज पनि मुग्लिन– नारायणगढ सडक अवरुद्ध

पोखरा,१ असोज । मुग्लिन– नारायणगढ सडक अवरुद्धखण्ड आज पुनः अवरुद्ध भएको छ ।

चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा बिहीबार बिहान ४ः३० बजे पहिरो खसेको र सो क्रम अहिलेपनि जारी रहेको बताइन्छ ।

पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

Comments
Loading...