अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा

पोखरा,१ असोज । आज विहानदेखी अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ ।

विहान ८.४० मा पहिरो पन्छाएसँगै दुईतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज विहान साढे ४ बजे चितवनको इच्छाकामना–६ चार किलो नजिकै पहिरो जादा दुवै तर्फ सडक अबरुद्ध भएको थियो । पानी पर्न कम भएपछि विहानै बाट पहिरो पन्छाउने काम शुरु भएको थियो ।

Comments
Loading...