कास्कीमा एकै पटक ६६ सहित प्रदेशमा ७४ संक्रमित थपिए

पोखरा,१ असोज । आज साँझ कास्कीमा एकै पटक ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार वडा नं १५ मा नेपाल प्रहरीमा कार्यरत एक महिला सहित ४० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सुरक्षाकर्मीहरु वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

त्यसैगरी वडा नं ८ मा चार, वडा नं १४ र १७ मा एक÷एक,वडा नं १० मा दुई, वडा नं २३ मा एक, वडा नं ४ मा दुई, वडा नं १५ र ३१ मा पाँच÷पाँच, वडा नं २७ र २९ मा दुई÷दुई र वडा नं ३३ मा एक जना छन् ।

त्यसैगरी तनहुँमा तीन र लमजुङमा पाँच सहित प्रदेशमा ७४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या गण्डकीमा तीन हजार २८० पुगेको छ ।

Comments
Loading...