सहकारी संस्थालाई तोकिएको समयमै साधारणसभा गर्न विभागको आग्रह

पोखरा,१ असोज ।  सहकारी विभागले सहकारी संस्थाहरुलाई तोकिएको समयभित्रमानै संस्थाको वार्षिक साधारण सभा गर्न आग्रह गरेको छ ।

विभागले आज एक सूचना जारी गरी देशभरका सहकारीहरुलाई साधारणसभाको तयारी गर्न आह्वान गरेको छ । विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ ।

सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र साभारणसभा पुस मसान्तम्ममा गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

Comments
Loading...