पोखरामा १५ संक्रमित थपिए, नवलपरासीमा एकको मृत्यु

पोखरा,२ असोज । पोखरामा आज थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखराको वडा नं १९ का आठ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं ७ मा पाँच तथा वडा नं १ र १६ मा एक÷एक जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी नवलपरासीमा एक कोरोना संक्रमतिको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको हिजो राति चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ । उनी गत भदौ २५ गते अस्पताल भर्ना भएकामा भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

उनी जटिल स्वासप्रश्वास तथा मृगौलाको समस्याबाट समेत पीडित रहेको बताइन्छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Comments
Loading...