पोखरामा नौ वर्षीया बालिकालाई यौन दुर्व्र्यवहारको अभियोगमा एक पक्राउ

पोखरा,२ असोज । पोखरामा नौ वर्षीया बालिकालार्ई यौन दुर्व्र्यवहारको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ ३० गते अन्दाजी १६ः०० बजेको समयमा बालिकालाई ललाई फकाई गरी एकान्त स्थानमा लगि करणीको आशय राखी यौन दुव्र्यवहार गर्ने धादिङ घर भई हाल पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने वर्ष ३२ वर्षीय विकाश बि.क.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पीडित बालिकाका अभिभावकले दिएको जाहेरीको आधामा उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

निज प्रतिवादी बिरुद्ध बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालतबाट १० दिनको थप गरी अनुमति लिई अनुसन्धान अघि प्रनाउ हमालले जानकारी दिए ।

Comments
Loading...