बुद्व विशाल बजारले दशैँ र तिहारका लागि ल्यायो छुट योजना, शनिवार पनि बजार खुला हुने

पोखरा,२ असोज । नेपालीहरूको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा बिषेश छुट दिइने भएको छ ।

बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपाहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा १० देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरीएको बताए । खत्रीका अनुसार आउदै गरेको नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको उपल्यक्षमा ग्राहकहरूको सुविधाको लागि बुद्व विशाल बजार अबदेखि शनिवार पनि खुला गरिने बताए ।

साथै विश्व भरि नै माहामारिको रुपमा देखिएको कोरना भाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दे कोरोना भाइरसको प्रकोप प्रति सचेत हुदै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले विशाल बजारको मुख्य गेटमा हात धुने ब्यवस्था, ज्वरो नाप्ने ब्यवस्था, माक्स लगाउने व्यवस्था,सेनेटाइजर लगाउने व्यवस्था गर्नुको साथै सम्पुर्ण ब्यवसायीहरुले सामाजिक दुरीको साथ पसल सन्चालन गरीएको हुदा सम्पुर्ण ग्राहकहरूलाई ढुक्क भएर सपिङ गर्न अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।

उपहार पहिले पहिले नगद १० देखी २५ प्रतिशत छुट अहिले भन्ने नाराका साथ बुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइएको बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका महासचिव इन्द्रप्रसाद अर्यालले बताए ।

Comments
Loading...