असोज ५ देखी सिट क्षमता अनुसार नै यात्रु राखेर आन्तरिक हवाई उडान सञ्चालन हुने

पोखरा,३ भदौ । आगामी असोज ५ गते सोमबारदेखी हवाई उडान सञ्चालनमा आउने भएका छन् । एयरलाइन्सले पूर्ण क्षमतामा यात्रु राखेर उड्न पाउने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो । यसअघि जहाजहरुले स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो ।

वायुसेवा सञ्चालकहरुले आधा मात्रै यात्रु राख्दा लागत खर्च समेत नउठ्ने भन्दै उडान नगर्ने निर्णयमा पुगेका थिए । सोही कारण असोज १ गतेदेखि खुला भएको उडानलाई असोज ५ गते सारिएको थियो ।

अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ । सोहीअनुसार मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र पठाएको छ । सो परिपत्रमा सीट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छैन ।

Comments
Loading...