देशका केही स्थानहरूमा आज मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने

पोखरा,३ असोज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकोे मौसम पूर्वानुमान महाशाखाको आजको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज देशका केही स्थानहरुमा मेघर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने जनाइएको छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको र हाल देशभर सामान्य बदली रही प्रदेश नं ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

साथै बाँकी प्रदेशका एक र दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूूर्वानुमान छ ।

राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Comments
Loading...