गण्डकी प्रदेश प्रमुखद्वारा कार्यालय र निवासमा झण्डोत्तोलन

पोखरा, ३ असोज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले छैठौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रदेश प्रमुखको कार्यालय र निवासमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका छन् ।

यसपाली कोरोना महामारीका कारण गण्डकी प्रदेशमा कुनै औपचारिक नभएकाले कार्यालयमा झण्डोत्तोलन गरी संविधान दिवस मनाइएको हो । प्रदेश प्रमुख शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालय र सिमलचौरस्थित निवासमा झण्डोत्तोलन गरेका हुन् ।
यसअघि, शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालय र निवासमा दीप प्रज्ज्वलन समेत गरिएको थियो । प्रदेश प्रमुखको निवासमा आइतबार साँझसम्म तीन दिन दीप प्रज्ज्वलन गरिनेछ ।

टिप्पणिहरु
Loading...