नेकपा सचिवालय बैठक आज पहिलोपटक पेरिसडाँडामा बस्दै

पोखरा,४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बिहान ११ बजे तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । नेकपा बैठक पहिलोपटक तत्कालनी माओवादीको कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बस्न लागेको हो। गत बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक तय भएको थियो।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीे बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो । सचिवालय बैठकमा संघ तथा प्रदेश सरकार पुर्नःगठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Comments
Loading...