सेनाका एक जवानको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ,४ असोज । नेपाली सेनाका एक जवानको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ‘ब्‍लड क्यान्सर’का बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको थियो ।

मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए ।

Comments
Loading...