पोखराको अन्नपूर्ण प्याथ ल्याबमा टिजी जाँच निःशुल्क,अन्य परीक्षणमा ४० प्रतिशत छुट

पोखरा,४ असोज । पोेखराको  महेन्द्रपुलमा सञ्चालनमा आएको अत्याधुनिक प्रयोगशाला अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले असोज महिनाभर रगतमा हुने खराब बोसो परीक्षण(टिजी) परीक्षणमा शतप्रतिशत छुट दिने भएको छ ।

त्यसैगरी असोज भरमा प्रयोगशालामा भिटामिन डी, थाईराईड, सुगर साथै होलबडी चेकअपमा ४० प्रतिशत छुट उपलव्ध गराइएको ल्याबका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

“आउदै गरेको विजयदशमीको अवसर पारेर सेवाग्राहीका लागि सहुलियत तथा निःशुल्क परीक्षणको व्यवस्था मिलाएका हौ ।”निर्देशक पन्तले भने,“यस अवसरको उपयोगका लागि सम्पूर्ण गण्डकी प्रदेशवासीमा आग्रह गर्दछौैँ ।”

प्रयोगशालाका दक्ष प्राविधिकहरुबाट सेवा प्रवाह भइरहेको बताउँदै पन्तले प्रत्येक दिन बिहान ७ः०० बजे देखि बेलुका ७ः०० बजे ल्याब खुला रहने जानकारी दिए ।

Comments
Loading...