सोमबारदेखी पाँच दिन धेरै स्थानमा मेघगर्जन र चट्टयाङ सहितको वर्षा हुने, सतर्कता अपनाउन विभागको अनुरोध

हिमाली आवाज । जल तथा मौसम विज्ञान विभागले भोली सोमबारदेखी देशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान रहेको जनाएको छ ।

आज साँझ विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले धेरै स्थानमा मेघगर्जन र चट्टयाङ सहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन आम सर्वसाधारणमा अनुरोध गरेको छ ।

“हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर(पश्चिम तर्फ सर्ने क्रममा आगामि ४ देखी ५ दिन(२१ गते राती देखि २५ सेप्टेम्बर) नेपालको धेरै स्थानमा वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”विभागद्धारा जारी सूचनामा भनिएको छ ।

Comments
Loading...