पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य अथकलाई पितृशोक

पोखरा, ५ असोज । नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमित सदस्य कमल पौडेल‘अथक’ लाई पितृशोक परेको छ ।

उनका पिता डिल्लीराम पौडेलको ८० वर्षको उमेरमा आइतबार राति करीब ११ बजे आफ्नै निवास स्याङ्जा आधिखोला गाउँपालिका वडा नं ३ पाख्रीबोटमा निधन भएको हो ।

उनी केही समयदेखि फोक्सो सम्बन्धी समस्याका कारण प्रभावित थिए । उनको आज पर्वत मोदीवेणीमा अन्त्येष्टि गरिने छ ।उनका चार छोरा र एक छोरी छन् । छोरामध्य अथक जेठा छोरा हुन् । ने नेपाल प्रेस युनियन कास्कीका गण्डकी प्रदेश पार्षद् रहेका अथक पोखराको रेडियो सराङकोटमा कार्यरत छन् ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यसमिति सदस्य पौडेलका पिताको निधनमा दुःख व्यक्त गरेका छन् । उनले स्व.पौडेलको चिर शान्तिको कामना सहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसैबीच, नेपाल प्रेस युनियन कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी अथकलाई पितृशोक परेकोमा दुःख व्यक्त गरेको छ ।नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Comments
Loading...