मिराकल ईन्स्टिच्युटले पोखरामा भर्चुअल शैक्षिक मेला आयोजना गर्ने

हिमाली आवाज । विगत १० बर्षदेखी पोखराको चिप्लेढुगामा रही शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको मिराकल ईन्स्टिच्युट प्रा.लिले बिदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई मध्य नजर बृहत शैक्षिक मेला(एजुकेशन फेयर) आयोजना गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनर गरी भोली असोज ६ देखी असोज मसान्तसम्म(सेप्टेम्बर २२ देखी अक्टोबर १६) सम्म भर्चुअल शैक्षिक मेलाको आयोजना गर्न लागिएको जनाइएको छ ।

एक दिनमा एउटा विश्वविद्यालयको सहभागिता रहने उक्त फेयरमा अमेरिका, क्यानडा तथा बेलायतका करीब २५ विश्वविद्यालय सहभागी रहने छन् ।

विश्वभर फैलिएका कोभिड–१९को कारण परामर्श सेवा ठप्प रहेको र यस अवधिमा उच्च शिक्षा अध्ययनको लागि उत्कृष्ट गन्तव्य खोजी गरिरहेका कतिपय विद्यार्थीहरु सूचना संकलनबाट बञ्चित रहेकाले ती विद्यार्थीलाई अमेरिका, क्यानडा तथा बेलायतका विश्वविद्यालयका प्रतिनिधिहरुबाट हालको परिवेश र कोरोनापछिको अवसरका बारेमा जानकारी दिन फेयरको आयोजना गरिएको सस्थाका प्रबन्ध निर्देशक कुलराज बरालले बताए ।

“हामी अहिलेको असहज अवस्थामा पनि कोही पनि विद्यार्थी सही र आधिकारिक सूचना प्राप्त गर्नबाट बञ्चित नहुन् भनेर अर्चुअल विधिबाट भएपनि फेयरको आयोजना गरेका हौँ ।” निर्देशक बरालले भने,“ जो विद्यार्थी अहिले पनि विदेश अध्ययन गर्न चाहिरहनुभएको छ , उनीहरुका लागि फेयर महत्वपूर्ण हुनेछ ।”

बरालका अनुसार सो फेयरमा सहभागी हुनका लागि प्रि रजिष्ट्रेशन अनिवार्य गरिएको छ भने दर्ता भएका विद्यार्थीलाई दैनिक ईमेल मार्फत जूम लिंक पठाइने छ ।

सो लिंकका आधारमा प्रत्येक सेसनमा विद्यार्थी सहभागि हुन पाउनेछन् । अमेरिका, क्यानडा र यु.के.को लागि अलग–अलग रजिष्ट्रेशन फर्म रहेकाले विद्यार्थीले आफूले चाहेका देशको लागि आफ्नो नाम दर्ता सक्नेछन् ।

हाल सालै अद्यावधिक गरी विद्यार्थीमैत्री बनाइएको युेकको टियर फोर भि सा निती, क्यानडामा अध्ययन पश्चात अन्तर्राष्ट्रिय विद्यार्थीहरुले प्राप्त गर्न सक्ने अवसर तथा अमेरिकन विश्व विद्यालयहरुले प्रदान गर्ने छात्रवृति लगायतका विषयमा विश्वविद्यालय प्रतिनिधिहरुसँग प्रत्यक्ष अन्तरक्रिया सकिने भएकोले विद्यार्थीसँगसँगै अभिभावकहरुलाई पनि सहभागिताका लागि ईन्स्टिच्युटले आग्रह गरेको छ ।

प्राय सेसनहरु साझ ५ बजेदेखी हुने भएकोले सबै विश्वविद्यालयको जानकारी लिई आफुलाई उपयुक्तहुने विश्वविद्यालय रोज्न फेयरका सहजकर्ता एबम सस्थाका परामर्शदाता खिमबहादुर खड्काले सम्पूर्ण विद्यार्थीलाई आग्रह गरे ।

Comments
Loading...