सामाजिक दिवसका अवसरमा धम्पुसको सिर्जना टोलमा वृक्षरोपण

पोखरा, ७ असोज।माछापुच्छ«े गाउँपालिका–७, धम्पुसको सिर्जना टोल स्थित सामुदायिक वनमा बुधवार वृक्षारोपण गरिएको छ।पोखरा ४ स्थित नेलम्बो नेपालको सहयोगमा वनमा ४१ औं सामाजिक सेवा दिवसको अवसर पारी वृक्षरोपण गरिएको हो।

“सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता” भन्ने मुल नाराका साथ दिवसको दोस्रो दिन बुधवार स्थानिय सिर्जना साँस्कृतिक परिवारको सक्रियतामा वृक्षरोपण गरिएको हो ।जस अन्र्तगत नेलम्बोका अध्यक्ष एकदेव देवकोटा तथा उपाध्यक्ष सरोज कोईरालाको विशेष पहलमा कुल ५ सय विरुवा उपलब्ध गराइएको थियो।

कार्यक्रममा भनाई राख्दै नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइरालाले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको जानकारी दिर्दै त्यस्ता कार्यले प्रत्यक्ष रुपमा अति विपन्न, सिमान्तकृत समुदायलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले सामााजिक सेवाका कार्यहरु गर्न स्थानीय निकाय, युवा क्लब, संघसंस्थाका प्रतिनिधी सवैले हातेमालो गरेर अगाडि बढे त्यसको प्रत्यक्ष प्रभाव जनस्तरमा पर्न जाने समेत औँल्याए ।कार्यक्रमका बीच नेलम्बो नेपालका कार्यक्रम संयोजक कोइरालाले सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीलाई चाप, कपुर, पैयूँ तथा विभिन्न फूलका विरुवा हस्तान्तरण गरेका थिए।

धन्यवाद व्यक्त गर्दै सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीले नेलम्बोले निरन्तर सहयोग गरेकोमा आभार समेत जनाए।उनले भविष्यमा पनि त्यहाँका कृषकलाई आवश्यक पर्ने डाले घाँसका विरुवा उपलब्ध गराई कृषक उद्यमशिलतामा टेवा पु¥याउन पनि नेलम्बो समक्ष आग्रह गरेका थिए ।

परिवारका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेलम्बो नेपालका जनसम्पर्क सुपरभाईजर भीमप्रसाद भण्डारीले संचालन गरेका थिए ।

Comments
Loading...