आजको मौसम :सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हिमाली आवाज । आज देशका सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्धारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १÷२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको जनाइएको छ । विभागले यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको स्पष्ट पारेको छ ।

Comments
Loading...