अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

हिमाली आवाज । पहिराले अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ । सो सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ ।

Comments
Loading...