आजको मौसम : गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना

पोखरा,९ असोज । जल तथा मौसम विज्ञान विभागले आजका देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम बुलेटिन जारी गर्दै विभागले प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । पोखरा सहित देशभर केही दिनयता नियमित पानी परिरहेको छ ।

Comments
Loading...