देशभर एक हजार ३१३ संक्रमित थपिए, एक हजार ४५५ जना निको भए

हिमाली आवाज । देशभर आज एक हजार ३१३ जनाका कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस व्रिफिङ आयोजना गरी पछिल्लो २४ घण्टामा देशभर एक हजार ३१३ संक्रमित थपिएका जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको जनाइएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।

हालसम्म ५१ हजार ८६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

Comments
Loading...