तनहुँमा वृद्धाको हत्या, एक पक्राउ

हिमाली आवाज । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन् । उनलाई दमौली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वृद्धाको हत्या भएको अवस्थामा आज बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही फरार रहेका गौतमलाई व्यास नगरपालिका–२ स्थित सहिदगेटमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

Comments
Loading...