शनिबार पनि दुई वटा प्रदेशमा भारी वर्षाको सम्भावना

हिमाली आवाज । जल तथा मौसम विज्ञान विभागले शनिबार पनि देशका केही स्थानमा सामान्य बदली तथा दुई वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम बुलेटिन जारी गर्दै विभागले असोज १० गते (शनिबार),दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन र चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश नं १, र प्रदेश नं २ को एक र दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको बुलेटिनमा उल्लेख छ । केही दिनयता देशभर भीषण वर्षाका कारण जनजीवन प्रभावित हुँदै आएको छ ।

Comments
Loading...