पोखरामा आइतबार केही स्थानमा छ घण्टा बत्ती नआउने

हिमाली आवाज । असोज ११ गते आइतबार(भोली) पोखरामा तातोपानी फिडर अन्तर्गतका क्षेत्रहरुमा विहान ११ बजेदेखी साँझ ५ बजेसम्म बत्ती नआउने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले सूचना जारी गरी तातोपानी फिडर मर्मत सम्भार तथा बुस कटिङ गर्ने कार्र्य हुने भएकाले सो समयमा बिजुली बत्ती नआउने जनाएको छ ।

फूलबारी,केआइसिँहपुल, लामाचौर,लाहाचोक, घाचोक भुर्जुङखोला तथा मणिपाल अस्पताल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने उल्लेख छ । मर्मत कार्य तोकिएको समयावधि अगावै सम्पन्न भएमा भने विद्युत तोकिएको समयभन्दा अगावै आउने समेत जनाइएको छ ।

Comments
Loading...