शहीद पुत्र दाहालले जन्म दिनमा गरे रक्तदान

हिमाली आवाज । जनआन्दोलन विसं २०६२÷०६३ मा पोखरामा शहीद भएका भीमसेन दाहालका छोरा विस्तृत दाहालले आज आफ्नो जन्म  दिन रक्तदान गरी मनाएका छन् ।

एसओएस पोखरामा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत दाहालले आफ्नो १८ औँ जन्म दिनमा पहिलोपटक रक्तदान गरेका हुन् ।

अस्पतालहरुमा अत्यावश्यक रगत अभावमा बिरामी उपचारमा बञ्चित हुन नपरोस् भनि जन्म दिनका अवसरमा रक्तदान गरेको उनले बताए । सबै युवाहरुले सानै उमेरदेखीनै सामाजिक कार्यमा अग्रसर हुनुपर्ने उनको भनाई छ ।

“जन्म दिनलाई अर्थपूर्ण बनाउन सबैले केही न केही सामाजिक कार्य गर्नुपर्दछ । सबैलाई यही सन्देश दिन पनि रक्तदान गरेको हुँ ।” उनले भने ।
आमा सविता दाहालसँगै उनले रक्तसञ्चार सेवा केन्द्र रामघाट पुगेर रक्तदान गरेका थिए ।

Comments
Loading...