पोखरा लेडी जेसिजबाट पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान

हिमाली आवाज । पोखरा लेडी जेसिजले जेसिस सप्ताहका अवसरमा आज नेपाल पत्रकार महासंघ कास्की शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सप्ताहको अन्तिम दिन लेडी जेसिजले महासंघलाई मास्क तथा सेनिटाइजर स्वास्थ्य सामग्री प्रदान गरेको हो ।जेसिस वषै २०२० का अध्यक्ष शोभा भुजेल , कार्यक्रम संयोजक चन्द्रा राना भुजेल लगायतका पदाधिकारीले महासंघका सचिव रामप्रसाद तिमिल्सिनालाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका पूर्व अध्यक्ष एवं अग्रज पत्रकार पुण्य पौडेलले सहयोग प्रति आभार व्यक्त गर्दै विषम् अवस्थामा संक्रमणबाट जोखिन स्वास्थ्य सामग्रीले सहयोग पुग्ने बताए ।

युवा अवस्थामा व्यक्तित्व विकास गर्ने र जीवनको ४० वर्ष पूरा भएपछि नेतृत्व विकासमा जेसिज लगायतका संस्थाले सघाउने पौडेलको भनाई छ ।
लेडी जेसिजका पूर्र्व अध्यक्ष गीता सिग्देलले विगतदेखीनै सञ्चारकर्मीहरुसँग आफ्नो संस्थाले हातेमालो गर्दै अघि बढेको र अहिलेको विषम् अवस्थामा पनि सहकार्य गरेको बताइन् ।

महासघंका सचिव तिमिल्सिनाले स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्ने र सबै सञ्चारकर्मीलाई वितरण गरिने बताए । कार्यक्रममा सञ्चारिका समूह गण्डकीका महासचिव कविता श्रेष्ठ, कार्यक्रमका मूल संयोजक अनिता थापा,समापनका संयोजक सुनिता गौतम तथा संस्थाका सचिव गायत्री फुयाँल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जेसिजले जेसिज सप्ताह विभिन्न कार्यक्रम गरी सातै दिन मनाइएको जनाएको छ ।

Comments
Loading...