परिचय
 ♦ रेबिज मानिस तथा जनावरहरुमा लाग्न सक्ने एक प्राण घातक जुनोटिक रोग हो । मानिस तथा कुकुरमा लाग्न सक्ने लक्षणहरु बारे इसापूर्व ३००० वर्ष पहिले नै यहुदी ग्रन्थमा लेखेको पाइन्छ ।
 ♦ यो रोगको विषाणुले मुख्यतया केन्द्रिय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने छर्दछ ।
 ♦ यो रोग मानिसमा पनि लाग्ने हुनाले जन स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । खास गरेर पशु स्वास्थ्य कर्मिहरुको लागि रेविज बढी खतरापूर्ण र जोखिम छ ।
 ♦ नेपालमा मुख्यतया रेविज बहुला कुकुरको टोकाईबाट मानिसमा सर्ने गरेको छ र केहिलाई विरालो, न्याउरीमुसा र स्यालको टोकाईबाट भएको पाईएको छ ।
 रोगको कारण
 यो रोग लिसा भाइरसबाट लाग्दछ ।
 सर्ने तरिका :
 ♦ यो रोगको सम्वाहक बहुला जनावर नै मानिन्छ । यस्ता जनावरको र्यालमा भएको विषाणु र उक्त जनावरको टोकाई वा अन्य माध्यम हुदै शरिरका विभिन्न स्नायु प्रणाली हुदै मष्तिस्कसम्म पुग्दछ ।
 यो रोग २ प्रकारले सर्दछ ।
 १) टोकाईबाट
 २) विना टोकाईबाट :
 रेविज रोग लाग्न सक्ने सम्भावित कारणहरु
 १) वहुला कुकुर वा विरालोले टोकेमा ।
 २) जंगलि जनावर जस्तै स्याल,व्वांसो, न्याउरीमुसा फ्याउरोले अकस्मात टाकेमा ।
 ३) वहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा ।
 ४) रेविज लागेको गाई भैसिलाई जवर जस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा ।
 ५) रेविज रोग लागि विरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा ।
 ६) रेविज लागेको जनावरको मासु काटकुट गर्दा लाग्ने चोटपटकमा र्याल, गिदि लसपस हुन पुगेमा
 ७) रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा ।
 लक्षणहरु ः
 कुकुरमा रेविजको लक्षणहरु २ अवस्थामा देखा पर्दछ ।
 १ उत्तेजितअवस्था
 २ लाटो अबस्था
 १ उत्तेजितअवस्था
 ♦ सामान्यवानीव्यहोरा र सिल स्वाभावमा परिवर्तन
 ♦मालीकले बोलाएको नसुन्ने,भनेको नमान्ने, चन्चल हुने, अध्यारो रुचाउने ।
 ♦ मालीक र अन्य कुकुर संग मिलेर वस्न नचाहने ।
 ♦ आक्रामक स्वभावको विना कारण जे पायो त्यसैलाई झम्टने , मालीकलाई समेत टोक्ने
 ♦ टाँगमुनी पुच्छर हालेर दौडने ।
 ♦ बाटोमा अगाडी पर्नेकुनै पनि वस्तु, पशु वा मान्छेलाई टोक्ने र लगातार दौडिरहने, भुकी रहने
 ♦ लामो दुरी तय गर्ने घर फर्कने वानफर्कन पनि सक्दछ ।
 ♦ पछि गएर माँसपेशीको पक्षघात हुने ।
 ♦ प्रसस्त र्याल काड्ने, भुक्ननसक्ने, ।
 ♦ टाउको निहुर्याउने, जिव्रो बाहिर निकाल्ने
 ♦ पछाडीको खुट्टा कमजोर भई हिड्न नसक्ने ।
 ♦ रोगको लक्षण चार देखी सातदिन सम्म रहन्छ । लक्षण देखाएको १० दिन सम्म बाच्दछ।
 २)लाटो अवस्था
 ♦ कुकुर सुस्त हुन्छ ।
 ♦ रयालनिकाली रहने
 ♦ सान्तसंग बसेको ४।५ दिनमा कुकुर मर्दछ
 गाई भैसीमा देखिने लक्षणहरु
 ♦ जनावरको हेराई एकोहोरो हुृन्छ ।
 ♦ अकस्मातजनावर तर्सने ।
 ♦ आक्रमकहुने मानिस वाकुनै पशु वस्तुलाई हान्ने
 ♦ अजिव स्वर गरेर कराउने ।
 ♦ दात किटकिटाउने , घाँस पानी ननिल्ने, निल्न नसक्ने ।
 ♦ आँखा राता राता पारी हेर्ने ।
 ♦ साँढे , राँगो खोजे जस्तो गरी पिसाव तुर तुर गर्ने ।
 ♦ विस्तारै पछाडीको भागको पक्षघात हुने लगातार र्याल काडी रहने गुद्धारको पक्षघात हुने
 ♦ पक्षघात भएको ३—४ दिनमा पशु मर्ने ।
 रोगको पहिचान
 १) लक्षणको आधारमा
 २) प्रयोगशालामा मस्तीस्कको परिक्षण गरी रोग एकिन गर्न सकिन्छ ।
 रेवीज विरुद्ध खोप लिनु पर्ने अवस्था
 ज्ञ) लक्षणको आधारमा बहुला हो भन्ने एकिन भएको कुकुरले टोकेमा ।
 द्द) टोक्ने कुकुर मारिएमा ।
 घ)टोक्ने कुकुरको पहिचान गर्न नसकिएमा ।
 द्ध) टोक्ने कुकुर हराएमा वा वेपता भएमा ।
 छ) शंकास्पद कुकुर रेवीज रोगको लक्षण देखाई १० दिन भित्र मरेमा वा प्रयोगशालामा शंकास्पद मारिएको कुकुरको गिदि परीक्षण गर्दा रेबिज लागेको प्रमाणित भएमा ।
 ट) बहुला जनावरको र्याल आलो घाउ, चोटपटक लागेको भागमा परेमा ।
 ठ) कुनै पनि जंगलि जनावरले अकस्मात आक्रमण गरी टोकेमा ।
 ड) र्याल काडी रहेको गाईभैसीलाई औषधि खुवाउनेक्रममा मुख भित्र हात हालेमा र पछि र्याल लसपस भएमा ।
 ढ)केटाकेटीहरुलाई कुकुरले टोकेको तर टोक्ने कुकुरको पहिचान वयस्क व्यक्तिबाट हुन नसकेमा ।
 ण ) शंकास्पद परिस्थितिमा चिकित्सकको सल्लाह वमोजिम गर्ने ।
 रेविज रोगको प्राथमिकउपचार
 कुनै पनि बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएमा सावुन पानीले नत्रभने सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा लगाउने औषधि (डिटोल आयोडिनको झोल) लगाउनु पर्दछ । यसरि रेवीजरोगको केहीहद सम्म प्राथमिक उपचार गर्न सकिन्छ ।
 उपचार ः रेबिज रोग भाइरसबाबाट हुने भएकोले यो रोगको खासै उपचार हुँदैन ।
 रोकथाम ः
 ♦ बहुला जनावरले टोक्नासाथ घाउलाई तुरुन्त सावुनपानीले राम्रो संग धुने र पोटास पानी जस्तो औषधिले घाउ सफा गर्ने ।
 ♦ टोक्ने जनावरलाई तुरुन्तबाध्ने , थुनी प्रत्यक्ष नियन्त्रणमा राखी १० दिन सम्म चालचलन हेर्ने
 ♦ निगरानी राखेको जनावर वा कुकुरले लक्षण देखाएमा तुरुन्त खोप लगाउने । १० दिन सम्म कुनै चालचलनमा परिवर्तन नभए भ्याक्सिन नलगाउने ।
 रेविज रोगको तितो सत्य
 ज्ञ) कुकुरमा रेविज रोग नलाग्ने तर रेविज विषाणु वोकेर हिड्ने वा स्वस्थ देखिएका कुकुरले अरुलाई टोकेर सार्ने अवस्था रहदैन ।
 द्द) वहुलाजनावरले जुनसुकै भागमा टोके पनि रेविजविषाणु टोकेको भागवाट केवल स्नायु भएर मात्र मस्तिष्कसम्म पुग्छ । रेविजविषाणु स्नायु मार्फत प्रति ३०६ घण्टा मिलिलिटरको दरको मस्तिष्कतर्फ बड्छ ।
 घ) रेविज लागेको जनावरको रगतमा रेविजविषाणु रहदैन ।
 द्ध) रेविजविषाणु ५६ डिग्री सेल्सीयस तापक्रममा निष्क्रिय हुन्छ ।
 छ) आज सम्म रोगलागेको जनावरको दूधपिएर मानिसलाई रेविजरोग लागेको रेर्कड गरिएको वा प्रमाणित भएको छैन ।
 ट) मानिसकोहकमा रेविजविषाणुले गर्भवति अवस्थामा साल नाल भएर गर्भाशयमा प्रवेस गर्न सक्तैन । रेविज लागेको महिलाको पाठेघरबाट स्वस्थशिशु निकालिएको र बाँचेको तथ्य छ।
 ठ) प्राकृतिक अवस्थामा रेविज रोग लागेर रोग प्रतिरोध गर्ने क्षमता विकसित हुदैन ।
 ड) रेविज रोग लाग्न कम्तिमा ती दिन र वडिमा आठ वर्ष लागेको रेर्कड छ ।
 ढ) साधारण ः रेविजरोग लागेको कुकुर वा जनावर दिन भित्र मरिहाल्दछ । तर रेविजरोगको स्पष्ट लक्षण देखिनु भन्दा चार दिनअगाडीको र्यालमा रेविजभाईरस पाईन सक्ने भएकोले विश्व स्वास्थय संघले बढीमा १० दिन टोक्ने कुकुर हेर्न सिफारिस गरेको छ ।
 ज्ञण्) नेपालमा वर्षेनि १०० जना रेविज रोग लागेर मर्ने गरेको अनुमान छ भने विभिन्न समयमा गरेको सर्वेक्षण अनुसार २५००० भन्दा बढी व्यक्तिले रेविजरोगबाट बच्न खोप लिने गरेको छ ।
 ज्ञज्ञ) एसियामा मात्र प्रत्येक १५ मिनेटमा एक मानिस रेविज लागेर मर्ने गर्दछ्न, रेविज रोगिहरु मध्ये कम्तीमा ४०  प्रतिशत १५ वर्ष मुनिका हुने गर्छ । साथै प्रति घण्टा ८०० मानिसले वहुला जनावरको टोकाई वा सम्पर्कका कारण रेविजविरुद्ध खोप लगाउने गर्दछ ।
 
   
 
 
 
