स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पार्टी प्यालेस संचालन गर्न दिन माग

पोखरा, १२ असोज । क्याटरीङ तथा पार्टी प्यालेस व्यवसायीहरुले विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य प्रोटोकल पुरा गरेर आफ्नो पेशा तथा व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गरेका छन् ।

सरकारको निर्देशन पालना गदै कोभिड १९का कारण झण्डै सात महिनासम्म आफ्नो व्यवसाय वन्द गरेका व्यवसायीले आज सोमवार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाउदै यस्तो माग गरेका हुन । पार्टी प्यालेस तथा क्याटरीङ लामो समयसम्म संचालन नहुदा आफ्नो व्यवसाय नै धरापमा परेको भन्दै उनीहरुले सरकारले तोकेको सामाजीक दुरी सहितको सुरक्षात्मक विधि अपनाएर व्यवसाय संचालनका लागी वातावरण सृजना गर्न सरकारसँग आग्रह गरेका हुन् ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुले तीन तारे होटल सरह सेवा सुविधा दिंदै आएको पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघका अध्यक्ष गुण प्रसाद सापकोटाले वताए । वढ्दो शहरीकरणलाई आत्मसाथ गर्दै जनताको सुख ः दुखमा छिटो छरितो र सुलभ मुल्यमा सेवा दिईरहेका छौं उनले भने ।

समान प्रकृतीका होटल तथा रेष्टुरेण्ट, यातायात, वैक तथा वित्तिय सस्था, सरकारी कार्यालय संचालनमा आएपनी लकडाउनको अवधी वा लकडाउन खुलेपछी पनी यो व्यवसाय पुर्ण रुपमा वन्द छ । ‘व्यवसाय वन्द हुदा हजारौ मजदुरहरु भोकमरीको चपेटामा परेका छन् । व्यवसायीहरु वैंकको व्याज वुझाउन समेत सकिरहेका छैनन । ’ संघका महासचिव सुर्यमणी लामिछानेले भने ।

आँफूहरु राज्यको नीति नियम र निर्णयलाई सदा अवलम्वन गर्ने भन्दै ज्ञापन पत्रमा नीति नियमसँगै व्यवहारीक पक्षलाई समेत ध्यान दिन आग्रह गरिएको छ । कोरोना कहरका वीच व्यवसाय वन्द हुदापनी पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघले राज्यलाई कर तिर्नुका साथै विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ ।

पश्चिमाञ्चल क्षेत्रमा मात्रै यो व्यवसायमा करिव ३ अर्व भन्दा वढीको लगानी रहेको छ । एक हजार भन्दा वढी मजदुर र तीनका परिवार यो व्यवसायमा आश्रीत रहदै आएका छन् ।

Comments
Loading...