सुपर ओभरमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलोरको जित

हिमाली आवाज ।  इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पुरा गर्दै बैंगलोरले मुम्बईलाई पराजित गरेको छ ।

यस सिजनमा यो दोस्रो सुपर ओभरबाट निर्णय भएको खेल बनेको छ । यस अघि किंग्स इलेभेन पञ्जाबलाई दिल्ली क्यापिटलले सुपर ओभरमा पराजित गरेको थियो ।

बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा इशान किशन र केरन पोलार्डको विष्फोटक ब्याटिंग पछि २० ओभरमा ५ विकेट गुमाउदै २०१ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।

मुम्बईका लागि इशान किसनले ५८ बलमा ९९ रन बनाएर आउट भएका थिए । उनले २ चौका र ९ छक्का प्रहार गरेका थिए । त्यस्तै केरन पोलार्डले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ६० रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले १५, क्वेंटन डिककले १४, रोहित शर्माले ८ रन बनाएका थिए ।

बैंगलोरका बलर इसुरु उदानाले २ विकेट लिए भने वाशिंटन सुन्दर, युजबेन्द्र चहल र एडम जाम्पाले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

Comments
Loading...