तीन महिनापछि अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालन

म्याग्दी । तीन महिनादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ ।

गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो आएपछि गत असार महिनादेखि नै सडक अवरुद्ध भएको थियो ।

Comments
Loading...