रुसबाट २ करोड ५० लाख कोरोना विरुद्धका भ्याक्सिन नेपाल ल्याउने सम्झौता

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक ५’ नेपालमा आउने भएको छ ।

यसका लागि रसियाको प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फार्माच्युटिकलबीच २ करोड ५० लाख भ्याक्सिन ल्याउनका लागि सम्झौता भएको हो । उक्त संख्याको भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्या समेट्नेछ ।

गत अगस्ट ११ मा स्पुतनिक ५ भ्याक्सिन रसियाको गमालिया नेसनल रिसर्च इन्स्टिच्युट अफ इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले उत्पादन गरी त्यहाँको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । स्पुतनिक ५ भ्याक्सिन कोरोना भाइरस विरुद्धको विश्वको पहिलो भ्याक्सिन हो । यो ह्युमन एडेनोभाइरस भेक्टर प्लेटफर्ममा आधारित छ ।

गत सेप्टेम्बर ४ मा गरिएको अनुसन्धानमा फेज वान र फेज टुको क्लिनिकल ट्रायर गरिएको मेडिकल जनएल द ल्यान्सेटमा प्रकाशित छ ।उक्त भ्याक्सिन आपूर्तीका लागि हालसम्म एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका, युरोप, सीआईएसलगायतले अप्लाइन गरिरहेका छन् । यसअघि मेक्सिकोमा ३ करोढ २० लाख, ब्राजिलमा ५ करोड, भारतमा १ सय करोड डोज र उजेब्किस्तानमा साढे ३ करोड डोजका आपूर्ती गर्ने घोषणा भइसकेको छ ।

हालसम्म यो भ्याक्सिन उत्पादनका लागि ४० हजार स्वयमसेवी खटिएका छन् भने यसको नतिजा ढिलोमा अक्टोबरदेखि नोभेम्बरसम्म आइसक्नेछ । लामो समयको अध्ययन गरिएको पद्दतिबाट विकास गरिएको हुनाले खोपको प्रभावकारितामा शंका गर्नुपर्ने कुनै ठाउँ नभएको कोषका सीइओ किरिल डिमेत्रिएभले भने । क्लिक माण्डुडटकले यो समाचार प्रकाशित गरेको छ ।

Comments
Loading...