कारागार, मानव सेवा आश्रम र विद्यालयलाई नेलम्बोको सहयोग

हिमाली आवाज । पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले सामाजिक सेवा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत जिल्ला कारागार कास्की, मानव सेवा आश्रम र धम्पुसस्थित एक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेलम्बोले जिल्ला कारागार कास्कीका शाखा अधिकृत केशव लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमका बीच ८० जना महिला कैदीबन्दीलाई प्रति व्यक्ति १ थानका दरले सेनिटरी प्याड, दन्त मञ्जन, काँइयो, नुहाउने साबुन, तौलिया र दाँत माज्ने ब्रश उपलब्ध गराएको छ ।
सो अवसरमा भनाई राख्दै संस्थाका अध्यक्ष एकदेव देवकोटाले अहिलेको विषम् परिस्थितिमा सरसफाईमा ध्यान दिन आवश्यक रहेको हुनाले सहयोग उपलब्ध गराएको बताए।

त्यस्तै सोही दिन उक्त संस्थाले मानव सेवा आश्रम हेमजामा आश्रित वृद्धवृद्धा, अपाङ्ग तथा असाहयहरुलाई दैनिक आवश्यक पर्ने औषधी, सरसफाईका सामग्रीका साथै फोहोर फाल्ने डस्विन, खुट्टाले चलाउन मिल्ने सेनिटाइजर स्ट्याड उपलब्ध पनि गरायो ।

कार्यक्रममा भनाई राख्दै मानव सेवा आश्रमका अभिभावक मदन थापाले आफु केही समय देखि सक्रिय भएर सामाजिक कार्यमा लागेको दावी गर्दै नेलम्बो नेपालले छोटो समयमा नै सामाजिक सेवामा उल्लेखनिय कार्य गरेको बताए।उनले पुनः मानव सेवा आश्रममा सहयोग पु¥याएकोमा आभार समेत जनाए ।

मानव सेवा आश्रमका जिल्ला संयोजक राजन सापकोटाले कोभिड १९ देखि नै नेलम्बो नेपालले आश्रमलाई सहयोग गर्दै आएकोे स्पष्ट पारे ।
त्यस्तै उक्त संस्थाले माछापुच्छ«े गाउँपालिका–७, धम्पुस स्थित उदय माविलाई पनि सहयोग गरेको छ। विद्यालयलाई ज्वरो नाप्ने २ थान थर्मल गन, खुट्टाले चलाउन मिल्ने ५ पिस सेनिटाइजर स्ट्याड, सेनिटाइजर, के एन् ९५ माक्स, सर्जिकल माक्स, डिटोल सावुन तथा वातावरणीय सरसफाईको लागि २ थान डस्टविन हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमका प्रधानाध्यापक धनबहादुर क्षत्रीले स्वागत तथा शिक्षक अमृतकुमार भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

Comments
Loading...