पोखरा–दिल्ली बस सेवा बिहीबारदेखी सञ्चालनमा आउने

हिमाली आवाज । कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा भोली असोज १५ गतेदेखी बिहीबारदेखी पुनः सञ्चालन हुने भएको छ ।

पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि सेवा शुरु गर्न लागिएको जनाएको छ ।पोखरादेखी नेपाल भारतसीमासम्म प्रालि अन्तर्गतको बसले यात्रुलाई पु¥याउने र त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवा अन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पु¥याउने र दिल्लीबाट समेत सोही अनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

विगतमा नेपाल भारत मैत्री बस सेवा अन्तर्गतको एक र प्रालि अन्तर्गतको एक गरी दैनिक दुई बस पोखरा– दिल्ली रुटमा सञ्चालन भएपनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उहाँले जानकारी दिनुभयो । पोखराको फिर्केबाट विहान ११ बजे बस छुट्ने छ ।

अधिकारीले भने,“नेपाल सरकारले बोर्डर नखोल्दासम्म हाललाई सीमा नाका वारी÷पारी गाडी रोक्छौँ, पहिल्यै पूरै भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने समझदारी परिवहन निगमसँग गरेका छौँ, बार्डर खुलेपछि सिधा÷सिधा सञ्चालन गछौँ ।”

दशैँ तिहार लगायतका चाडपर्वहरु नजिकिरहेको र पेशा व्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेकाहरु नेपालीहरुलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा शुरु गरिएको बताइन्छ ।

विगतमा पोखरा–दिल्लीको भाडा रु चार हजार रहेकामा हाललाई रु ५०० वृद्धि गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।

मोर्डन इराले १४ वर्र्षअघिदेखी पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल सरकार र भारत सरकारबीच दुई देशीय यातायात सञ्चालनको सहमति अनुसार विसं २०७३ असारदेखी मैत्री बस सेवा सञ्चालन भएको थियो ।

Comments
Loading...