बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा,बुधबार सुनुवाई हुने

काठमाडौँ,१६ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको मनोनयन विरूद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि आउँदो बुधबार हुने भएको छ । अब गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाई हुने भएको हो ।

मुद्दा हेर्दाहेर्दै बाँकी रहेकाले सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Comments
Loading...