पोखराका पत्रकार पुनको ‘बस्तीभित्र’नियात्रा सङ्ग्रह विमोचन

हिमाली आवाज । पोखराका पत्रकार तिलकप्रसाद पुन पुर्जाबाट लिखित ‘बस्तीभित्र’नियात्रा सङ्ग्रहको विमोचन गरिएको छ ।

नियात्राकार पुनले गण्डकी प्रदेशका विभिन्न प्राकृतिकस्थल, होमस्टे(घरवास) तथा विभिन्न जातिहरुको संस्कृतिको प्रत्यक्ष अध्ययन अवलोकन गरी लेखेका ३४ वटा यात्रा अनुभवलाई समेटिएको पुस्तक गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले आज लोकार्पण गरे ।
पत्रकार पुनले आफ्नो बाल्यकालदेखीको चाहना नयाँ नयाँ ठाउँको घुमफिर रहेको बताउँदै यात्राका क्रममा आफूले देखेका र भोगेका विषयहरुलाई पुस्तकमा समावेश गरेको बताए ।

उनले भने,“जीवन आँफैमा एउटा यात्रा हो,जीवन जिउने क्रममा जुन ठाउँमा म पुगे त्यस स्थानको प्राकृतिक विशेषता, घरवास, गाउँको भौगोलिकता तथा ऐतिहासिकता संस्कृति र जैविकविविधता लगायतका विषयमा कलम चलाएको छुँ । मेरो यात्रा संस्मरण पुस्तकमा सङग्रह गरेको छु ।”
कार्यक्रममा मन्त्री लम्सालले लेखकले नेपाली समाज र नेपाली पनलाई पुस्तकका माध्यमले स्पर्श गरेको बताउँदै गण्डकी प्रदेश कला, साहित्य र इतिहासमा सम्पन्न शाली रहेको बताउनुभयो। यहाँका पर्यटकीयस्थलको बारेमा पुस्तकमा समेटिएकाले यसबाट पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताए ।

नेपाल मगर सङ्घ कास्कीको आयोजनामा भएको विमोचन कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर, केन्द्रीय सदस्य एवं गण्डकीका इन्चार्ज खेम पुन,प्रकृति मानव केन्द्रीत जनअभियान नेपालका निर्वतमान अध्यक्ष सन्तबहादुर घिसिङ, महिला पर्यटन व्यवसायी लक्की क्षेत्री, प्रेस सङ्गठनका केन्द्रीय सदस्य पत्रकार श्रीराम सिग्देल, पत्रकार रुद्र श्रीसमगर लगायतले पुस्तकले पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने बताउनुभएको थियो ।

Comments
Loading...