तमु धिँलाई राजनीतिक क्रिडास्थल बनाइयो,निर्वाचन प्रक्रियामा अब म रहिन : अध्यक्षका प्रत्याशी गुरुङ

हिमाली आवाज । तमु धिँ नेपालको ३५ औँ साधारण सभा एवं १५ अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका इन्जिीनियर देउकाजी गुरुङ आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् ।

पोखरामा आज पत्रकार भेटघाट आयोजना गरी संस्थालाई अनिर्णयको बन्दी बनाइरहने पक्षमा आफू नरहेको बताउँदै उनले आफूले उठान गरेका महत्वपूर्ण सुधारका विषयहरुप्रति सबैको पुनःध्यानाकर्षण गराउँदै निर्वाचन प्रक्रियामा अब आफू नरहेको स्पष्ट पारे ।

सामाजिक संस्थाको छबि बनाएको तमु धिँ नेपालमा चरम राजनीतिक दाउपेच रहेको र पवित्र संस्थालाई जनता समाजवादीले  राजनीतिक क्रिडास्थल बनाएको उनको आरोप छ ।

तमु धिँको गत असोज १० गते अधिवेशन तोकिएकामा जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीमा कार्यक्रम नगर्न भनेपछि अन्तिम समयमा आएर सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।

अध्यक्ष पदका लागि सत्तारुढ नेकपा निकट इन्जिीनियर गुरुङ र जनता समाजवादी निकट हुमबहादुर तमुले उम्मेदवारी दर्ता गरएका थिए ।
प्रशासनले सूचना जारी गरेर निर्वाचन प्रक्रिया रोक्न भनेपछि निर्वाचनका कार्यक्रम रोकिएपछि दुबैले एक÷अर्कालाई संस्थामा राजनीति गरेको र राजनीतिक हस्तक्षेप गरेको आरोप प्रत्यारोपमा उत्रेका थिए ।

इन्जिीनियर गुरुङले तमु धिँलाई निश्चित व्यक्तिहरुको घेराबाट मुक्त गराई सम्पूर्ण तमुहरुको साझा संस्था बनाउने, त्रुटीपूर्ण विधि विधानहरु सच्चाउने तथा विगतमा संस्थामा योगदान गरेका अग्रजहरुको सम्मान, सम्पूर्ण व्यक्ति, क्षेत्रीय समाज र आवद्ध संघ संस्थाहरुर्ला सम्मानका साथ अपनत्व कायम गर्ने वातावरण बनाउन समेत माग गरेका छन् ।

“सम्पूर्ण तमुहरुको साझा संस्था हुनुपर्नेमा तमु धिँलाई निश्चित केही व्यक्तिको घेरामा मात्र सीमित गरिएको छ । फरक आस्था र विचारका सदस्यहरुको चारित्रिक हत्या गर्ने तथा निषेध गर्ने गरिएको छ ।”गुरुङले भने,“मेरा कारणले संस्थालाई अनिर्णयको बन्दी हुन नदिन निर्वाचन प्रक्रियामा सहभागि नहुने निर्णय गरेको छु ।”

तमु धिँ अन्तर्गत रहेका क्षेत्रीय समाजहरुको प्रतिनिधित्व र सहभागिता समूचित नभएको,विसं २०६६ मा आयोजना गरिएको महायज्ञमा प्रदान गरेको आर्थिक चन्दालाई आधार बनाई केही सीमित व्यक्तिहरुलाई मात्रै दुराशायी ढंगले आजीवन सदस्य बनाई मतदाता नामावलीमा समावेश गरिएको र बुहसंख्यकलाई छुटाइएको, ४८ वटा क्षेत्रीय समाज मध्य दुई चार वटा समाजमा मात्र आजीवन सदस्य कायम गरी संघीय र समानुपाति प्रतिनिधित्वको मान्यतलाई उपेक्षा गरिएको उनले बताएका छन् ।

Comments
Loading...