प्रलोभनमा पारी धर्म परिवर्तन गराउनु महापाप, बुद्धबिहारको भवन निर्माण सहयोग गर्छु : सांसद बराल

हिमाली आवाज । गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन) ले पोखरा ३, नदीपुरमा हाल निर्माण हुदै गरेको धर्मशीला बुद्धबिहार भवनको निर्माण कार्यमा आवश्यक सहयोगको लागि पहल गर्ने बताएका छन्। निर्मार्णाधिन भवनको शनिबार निरीक्षण गर्दै सांसद बरालले उक्त भवन निर्माण अभियानमा आर्थिक सहयोग उपलब्ध गराउन सम्बन्धित ठाँउहरुमा आवश्यक पहल गर्ने बताएका हुन्।

उनले भने “बुद्धबिहार परिसरमा आएपछि म धेरै प्रभावित भए, उक्त भवनको कानूनी कुनै प्रक्रिया पूरा गर्न बाँकी भए त्यसको पूरा गर्न तयार छु ।  सरकारको रकम विना जसरी तपाईहरुको प्रयासले यो अभियान सुरु भएको छ, अब यसमा सरकारको समेत सहयोग र साथ हुन्छ ।”

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकम आगामी वर्ष पहिलो प्राथमिकतामा राखेर भवन निर्माणमा केही सहयोग गर्ने जनाएका सांसद बरालले उक्त कोष अन्र्तगतका योजना यस बर्ष लगभग छनौट भएको उल्लेख गरे । कुनै पनि वहानामा वा प्रलोभनमा पारी धर्म परिवर्तन गराउनु महापाप भएको दाबी गरेका सांसद बरालले अझै पनि नेपालका केही ठाँउमा धर्म परिवर्तन गराउदै हिड्नेहरु रहेको जनाए ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजुले उक्त विहारको भवन निर्माणको लागि वडा बाट सक्दो सहयोग गर्ने वचन दिए । उनले भने “यस बुद्ध बिहार भवन निर्माणमा ठुलो रकम आवश्यक पर्छ, त्यसको लागि प्रदेश र संघीय सरकारको समेत सहयोग आवश्यक पर्छ, यसमा सांसद बरालले समेत पहल गर्नु पर्दछ । ”

धर्मशीलाका बौद्ध गुरु धनवन्तोले सिंगापुर लगायतका देशमा ४० बर्ष पछि धार्मिक तिर्थ स्थल, बुद्धबिहार लगायतलाई राज्यले जिम्मा लिने गरेको पं्रशङग कोट्याउदै नेपालमा पनि राज्यले जिम्मा लिन नसके पनि केही सहयोग गर्नु पर्ने बताए ।

नेपालको पर्यटन प्रबद्र्धनमा बुद्धधर्मले धेरै टेवा पुराएको उनको दाबी छ । करिब ६ करोडको लागतमा उक्त भवन निर्माण गर्न सुरु भएको भवन निर्माण समितिका संयोजक भरतराज शाक्यले बताए । उनका अनुसार हालसम्म करिब २ करोड अर्थात ३० प्रतिशत जसो निर्माण कार्य सम्पन्न भएको छ । भूइतला सहित ४ तले भवन निर्माण हुने भएको संयोजक शाक्यले जनाए ।

हालसम्म सरकारी निकायबाट उक्त भवन निर्माणमा खासै सहयोग प्राप्त नभएको बुद्धबिहारका अध्यक्ष अध्यक्ष गोविन्द ताम्राकारले बताए । करिब ३ बर्ष अघि जमिन भाषिएर पुरानो भवन भत्केसंगै हाल धर्म हल, सिमागृह (शिक्षा दिक्षा दिने कक्ष), ध्यान केन्द्र लगायतको लागि उक्त भवन निर्माण गर्न लागिएको निवर्तमान अध्यक्ष कृष्णमान गुभाजुले जनाए ।

भवन निर्माणमा विभिन्न दाताबाट संकलन भएको रकम निर्माण कार्यमा खर्च भएकोले हाल रकम अभाव भएको सचिब तेजेन्द्र शाक्यले गुनासो गरे ।

Comments
Loading...