न्यु सनराइज युवा क्लब घाचोकको अध्यक्षमा रानाभाट

हिमाली आजा । न्यू सनराइज युवा क्लब माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको अध्यक्षमा रुद्रबहादुर रानाभाट निर्विरोध निर्वाचित भएका छन् ।
क्लबको आज सम्पन्न २० औं साधारणसभा तथा १० औं अधिवेशनले रानाभाटको अध्यक्षतामा ११ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ ।
क्लबको उपाध्यक्षमा मिना थापा कार्की, सचिवमा सरोज सिँह भण्डारी सहसचिवमा बलराम केसी र कोषाध्यक्षमा सरोज कार्की चयन भएका छन् ।त्यसैगरी सदस्यहरूमा तिलक रानाभाट,सुरेन्द्र जिसी, अन्जन जिसी ,रविन कार्की र केशव जिसी रहेका छन् ।

वडा सदस्य रन बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा निर्वतमान अध्यक्ष सुशील जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दुरी कायम कार्यक्रम गरिएको थियो । 

Comments
Loading...