माछापुच्छ्रेका १९ नेकपा कार्यकर्ताले पार्टी छाडे, काँग्रेस प्रवेश

पोखरा,१७ असोज ।  माछापुच्छ्रे गाउपालिका–६ धितालका १९ नेकपा कार्यकर्र्ताले पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका छन् ।

साविक एमालेका तर्फबाट धिताल वडा नम्बर २ का पूर्ववडाध्यक्ष मिन बहादुर नेपाली तथा जीवन वस्याल , कृष्ण नेपाली सहित १९ जना नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको नेपाली काँग्रेसले दावी गरेको छ ।

काँग्रेस क्षेत्रीय सहसचिव राजाराम पौडेलले नवप्रवेसीहरुलाई अविर र माला लगाएर स्वागत गरेका थिए भने क्षेत्रीय सदस्य छविरमण पौडेलले पार्टी सदस्यता प्रदान गरेका थिए । कार्यक्रम संचालन दलित संघ क्षेत्रीय सभापति उदय नेपालीले गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमपछि कृष्ण नेपाली को अध्यक्षतामा ११ सदस्सीय सदस्य टोल कार्यसमिति गठन गरिएको छ । कार्यक्रमा इकाई सचिव एक नारायण अधिकारी ,युवा नेता नन्दलाल अधिकारी जीवन बस्यालले काँग्रेस अब एकतावद्ध भएर अघि बढ्ने बताएका थिए ।

Comments
Loading...