कास्कीमा सवारी दुर्घटनामा एकको मृत्यु, एक घाईते 

हिमाली आवाज । कास्कीमा हिजो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् ।

हिजो साँझ ४ः३५ बजेको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल स्थित कास्की –पर्वत जोडने  पक्की पुलको बारमा पोखराबाट पर्वत तर्फ जाँदै गरेको ग १०प २१२२ नं.को स्कुटर आँफै अनियन्त्रीत भई ठक्कर खाई दुर्घटना हँदा स्कुटरको पछाडी बस्ने स्याङ्जा आँधिखोला गाउँपालिका–६ का अन्दाजी २६ वर्षीय पुस्कर बस्नेतको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

घटनामा चालक आँधीखोलाकै २५ वर्षीय सन्तोष न्यौपानेको अवस्था मध्यम रहेको र उपचार भईरहेको बताइन्छ ।

Comments
Loading...