गण्डकी प्रदेशमा आज सर्वाधिक १६० संक्रमित थपिए

हिमाली आवाज । गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै १६० कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना सङ्क्रमित थपिएका हुन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १७५ जना पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

School

थपिनेमा नवलपरासी पूर्वका १०० जना छन् भने तनहुँका २८ जना, बाग्लुङका १८ जना, लमजुङका छ जना, कास्कीका चार जना एवम् स्याङ्जा र गोरखाका दुई÷दुई जना रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ भने दुई हजार ८८२ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २५९ पुगेको निर्देशनालयले जनाएको छ ।

 

टिप्पणिहरु
Loading...