नेलम्बोद्वारा स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

हिमाली आवाज । पोखरा–४ स्थित नेलम्बो नेपालले आइतवार एक कार्यक्रमका बीच माछापुच्छे« गाउँपालिका ६ स्थित भेडावारी प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।

उक्त क्षेत्रमा हाल ४ जना स्थानीयमा कोरोना भाईरस पोजेटिभ देखिएको छ । जसका लागि संक्रमण नफैलियोस र सर्तकताका साथ उपचार गर्न सहज होस् भन्ने हेतुले नेलम्बोले सहयोग गरेको हो ।

जसअन्र्तगत पिपिइ, सेनिटाइजर, सर्जिकल माक्स, के एन ९५ माक्स, सर्जिकल पञ्जा, डिस्इन्फेक्टेड सोडियम हाइड्रोकोरोराइड, खुट्टाले चलाउन मिल्ने सेनिटाइजर स्ट्याण्ड, डिटोल साबुन, फेस सिल्ड गरी कुल रु. ५६ हजार वरावरका स्वास्थ्य सुरक्षाका सामग्री संस्थाका जनसम्पर्क सुपरभाईजर भीमप्रसाद भण्डारीले केन्द्रका फार्मेसिष्ट विजय दवाडीलाई हस्तान्तरण गरेका हुन्।

उक्त क्षेत्रमा फैलिएको कोभिड १९ बारे जानकारी दिँदै केन्द्रका फोकल पर्सन लक्ष्मण दाहालले हालसम्म ४ जना स्थानीयमा कोरोना पोजेटिभ देखिएकोमा २ जना कोरोना मुक्त भइसकेको र २ जना उपचारकै क्रममा रहेको जानकारी दिए ।उनले कोभिड १९ संक्रमित क्षेत्रमा नै आई सहयोग गरेकोमा सहयोगी संस्था प्रति आभार समेत जनाए।

उनले स्थापना कालदेखि नै नेलम्बो नेपालले धिताललाई सहयोग गर्दै आईरहेकोमा यस विषम परिस्थितिमा झनै ठूलो सहयोग गरेर अग्रपंतिमा खटिने त्यहाँका स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न भूमिका खेलेको पनि स्पष्ट पारे।

Comments
Loading...