यस्तो छ आजको देशभरको मौसम

हिमाली आवाज । जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

दिउँसो प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने विभागले जनाएको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । बंगालको खाडीको उत्तरपश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेकाले वर्षा भइरहेको बताइन्छ ।

Comments
Loading...