नेकपा प्रदेश संसदीयदल बैठक : दाङको पक्षमा मतदान गर्न ह्विप

काठमाडौँ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बसेको प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ ।

सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेशसभाको बैठकले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनीको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

‘दाङलाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्री शंकर पोखरेलले ह्विप जारी गर्नुभएको छ,’ नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले भने । नेकपाका ६० जना प्रदेशसभा सांसद छन् ।

Comments
Loading...